थप एक जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमित ११० पुगे

काठमाडौँ । नेपालमा थप एक जना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षण अनुसार थप एक जनामा कोरोना पुष्टि बह्येको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित उदयपुर जिल्लाको भुल्के निवासी ४३ बर्षिय महिला हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ११० पुगेको छ । जसमा ७८ जना पुरुष र ३२ जना महिला संक्रमित रहेका छन्

त्यसमध्ये प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री