काठमाडौं । एभरेष्ट बैंकले ‘इबिएल टच् २४’ मा नयाँ अद्यावधिक सुविधा थप गरेको छ । बैंकले ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखी उपलाई थप सुरक्षित, द्रुत र भरपर्दो बनाएको दाबी गरेको छ ।
बैंकको मोबाइल बैंकिङ एपको स्तरोनति भएपछि ग्राहकले यस एपमार्फत् स्वयं मोबाइल बैंकिङ एक्टिभ गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर सहजै लगइन गर्न सक्नेछन् ।
यसबाट ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुली, पानीको महसुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमा टिकटको अनलाइन खरिद गर्न सकिन्छ ।
प्रतिकृया दिनुहॊस