नेपालगञ्‍जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा आइतबार गरिएको परीक्षणमा थप ६ जनामा कोरोनाको संक्रमणको देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् । यसअघि आजै दिउँसो बाँकेमै ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

योसँगै आइतबारमात्रै बाँकेमा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यसअघि नेपालगञ्जमा एक जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । नेपालगञ्जमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

नेपालभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । तीमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री