गर्मी मौसममा अनुहारलाई कसरी गोरो बनाउने

गर्मी मौसममा अनुहारको बिशेष हेरचाह गर्नु जरुरी हुन्छ यसका लागि निम्न उपायहरु अपनाउनुहोस् ।

पाकेको मेवाको २ चम्चा जति पेस्ट बनाएर त्यसमा एक चिम्टी बेसारको धूलो मिलाएर अनुहारमा लगाउनाले मेवामा भएको इम्जाइम्सका कारण कालोपन हट्नुका साथै त्वचामा भएको दागहरु मेटाउन मद्दत गर्छ ।

नरिवलको पानी, चन्दन र बदामको तेल मिलाएर २० मिनेट जति अनुहारमा राख्ने र सफा गर्नाले त्वचाको कोशिकाका दागहरु हटाउन मद्दत गर्छ र त्वचा सफा, चम्किलो र गोरो देखिन्छ ।

गुलाबजल, काँक्रो, र कागतीको पेस्ट बनाएर त्वचामा लगाउने र १० मिनेट पछि सफा पानीले धूनाले अनुहारमा गोरोपन आउँछ ।

दही ,टमाटर र कागतिको रसको फेसप्याक बनाई त्वचामा लगाउने र आधा घण्टा पछि सफा पानीले धूने गर्नाले त्वचामा पोषण प्राप्त हुन्छ र त्वचा नरम हुनुका साथै चमक पैदा हुन्छ ।

बेसनमा दूध, मह र एक चिम्टी बेसार मिलाएर पेष्ट बनाई त्वचामा लगाउनाले त्वचा नरम हुन्छ ।
घाममा निस्कँदा सन्सक्रिन क्रिम वा सनब्लकको प्रयोग गर्ने ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस