सगरमाथा इन्स्योरेन्सको एकैदिन नौ वटा कार्यालय संचालनमा

काठमाडौं ।सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन नौ वटा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले छ वटा शाखा र तीन वटा उपशाखा संचालनमा ल्याएको हो ।

शाखा उद्घाटनको अवसरमा संचालक पद्यम ज्योतिले नेपालका सबै समुदायका जनमानसमा बीमा सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले कार्य गरी रहेको र आगामी दिनमा यसलाई व्यापक रुपमा प्रभावकारी बीमा सेवा बिस्तार गर्न कम्पनी लागी पर्ने बताए ।

यसैगरी,कम्पनीका प्रमुखकार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले बाराको सिमरा लगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा तथा चितवनको टाँडी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ संचालनमा ल्याई निर्जिवन बीमा सेवाको क्षेत्रमा आफ्नो व्यवसाय बिस्तार गर्न कम्पनी सक्षम भएको जानकारी दिएका  छन् ।

कम्पनीले हालसम्म प्रधान कार्यालय सहित ४९ वटा शाखा/उपशाखा तथा एक्स्टेन्सन काउन्टर र कार्यालय मार्फत निर्जिवन बीमा सेवा प्रदान गर्दै आएकोमा अब कार्यालयको संख्या ५७ पुगेको जानकारी दिँदै उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा थप १० वटा शाखा/उपशाखा तथा एक्स्टेन्सन काउन्टर स्थापना गरी ६७ वटा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्नेे लक्ष्य लिएको जानकारी गराए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस