काठमाडौं । संघीय राजधानी काठमाडौंको पुरानो बानेश्वरमा ‘सिल्भरग्लो ब्यूटी एकेडेमी’को बुधबार भव्य उद्घाटनसँगै सञ्चालनमा आएको छ । सौन्दर्य सेवामा नयाँ आयाम थप्ने उद्देश्यसहित सञ्चालनमा आएको एकेडेमीको सञ्चालक चैताली जोशी हुन् ।
‘Where Beauty Meets Glamour’ भन्ने नाराका साथ सुरु गरिएको यस एकेडेमीले पेशागत सौन्दर्य तालिमका साथै आधुनिक प्रविधियुक्त प्रशिक्षणहरू प्रदान गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा विभिन्न सौन्दर्यप्रेमी, प्रशिक्षक तथा सेवाग्राहीहरुको उपस्थिति देखिएको थियो ।
सिल्भरग्लो ब्यूटी एकेडेमीले हेयर स्टाइलिङ, मेकअप, स्किन केयर, नेल आर्टजस्ता विविध कोर्षहरू सञ्चालन गर्दै सौन्दर्य क्षेत्रमा करियर बनाउन चाहनेलाई नयाँ अवसर दिन खोजेको छ ।
तपाईंको प्रतिकृया




