कोरोना प्रकोप : मृतकको संख्या २ लाख ३९ हजार नाघ्यो, ३३ लाख संक्रमित

काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १०१ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । शनिबार बिहानसम्म २० लाख ७८ हजार ९१४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अमेरिकामा ११ लाख ३१ हजार १५ कुल संक्रमित भएका छन् भने ६५ हजार ७४८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ६१ हजार ५६३ निको भएर फर्किएका छन् । इटालीमा २ लाख ७ हजार ४२८ कुल संक्रमित भएका छन् भने २८ हजार २३६ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार २४९ निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म एक लाख ७७ हजार ४५४ कुल संक्रमित भएका छन् भने २७ हजार ५१० जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४२ हजार ९८८ कुल संक्रमित भएका छन् भने २४ हजार ८२४ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४२ हजार ४५० जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ६७ हजार ३४६ कुल संक्रमित भएका छन् भने २४ हजार ५९४ जनाको मृत्यु भएको छ । यसैबीच ५० हजार २१२ जना निको भएर फर्किएका छन् ।  बेल्जियममा ४९ हजार ३२ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ७०३ जनाको मृत्यु भएको छ । यसैबीच ११ हजार ८९२ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ६४ हजार ७७ कुल संक्रमित भएका छन् भने ६ हजार ७३६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २६ हजार ९ सय निको भएर फर्किएका छन् ।  ब्राजिलमा ९२ हजार १०९ जना संक्रमित भएका छन् भने ६ हजार ४१० जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३८ हजार ३९ जना ठिक भएका छन् ।

इरानमा ९५ हजार ६४६ कुल संक्रमित भएका छन् भने ६ हजार ९१ जनाको मृत्यु भएको छ । यसैबीच ७६ हजार ३१८ निको भएर फर्किएका छन् । नेदरल्याण्डसमा अहिलेसम्म ३९ हजार ७९१ जना संक्रमित भएका छन् भने ४ हजार ८९३ जनाको मृत्यु भएको छ ।

चीनमा अहिलेसम्म ८२ हजार ८७४ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ६४२ निको भएर फर्किएका छन् ।  क्यानाडामा ५५ हजार ६१ जना संक्रमित भएका छन् भने ३ हजार ३९१ जनाको मृत्यु भएको छ । त्यस्तै २२  हजार ७५१ जना ठिक भएका छन् ।

टर्कीमा एक लाख २२ हजार ३९२ जना संक्रमित भएका छन् भने ३ हजार २५८ जनाको मृत्यु भएको छ । त्यस्तै ५३ हजार ८०८ जना निको भएर फर्किएका छन् ।स्विडे नमा २१ हजार ५२० जना संक्रमित भएका छन् भने २ हजार ६५३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा १९ हजार २२४ जना संक्रमित भएका छन् भने एक हजार ८५९ जनाको मृत्यु भएको छ । स्विटजरल्याण्डमा कुल २९ हजार ७०५ संक्रमित भएका छन् भने एक हजार ७५४ जनाको मृत्यु भएको छ । त्यस्तै २३ हजार ९ सय जना निको भएर फर्किएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस