काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ४ सय ८ जना पुगेको छ भने ३३ लाख २२ हजार ८ सय १४ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, १० लाख ५० हजार ४ सय ८ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली,बेलायत र स्पेन छ ।
अमेरिकामा हालसम्म ६३ हजार ८ सय ७१ जनाको, इटालीमा २७ हजार ९ सय ६७ जनाको, बेलायतमा २६ हजार ७ सय ७१ जनाको र स्पेनमा २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ३५ हजार ४३ जना कोरोना सङ्क्रमित छन् भने १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५९ पुगेको छ भने कोरोना संक्रमितमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
प्रतिकृया दिनुहॊस