काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले लागू गरेको लकडाउनले देश ठप्प छ । कलकारखानादेखि ठूला उद्योगभन्दा बन्द छन् भने दैनिक उपयोग्य बस्तु र खाद्यन्न पसल केहि समय खुल्दा बजार व्यवसाय पनि बन्द छ ।
बजार व्यवसाय बन्द हुँदा धेरै व्यापारी र मजदुरहरु चिन्तामा छन् । तर फलफुल व्यापारीलाई भने लकडाउने छोएको छैन । बिहान र बेलुकाको समय आफ्नै पसल तथा बजार चोकमा व्यवसाय गर्नेहरुलाई लकडाउन खास्सै प्रभाव पारेको देखिदैन । व्यापारीहरुका अनुसार जारी लकडाउनको अवधिका पहिलोको भन्दा राम्रो व्यापार भइरहेको छ ।
दैनिक आय पनि पहिलेको भन्दा धेरै भइरहेको काठमाडौं हाडीगाउँ ५ बस्ने फलफुल व्यापारी सुनिता थापाले बताइन् । ‘हामीले बल्खु-कुलेश्वरबाट फलफुल ल्याएर बिक्रि गर्ने गरेका छौं,’ उनले भनिन्- ‘लकडाउन जारी भएपनि व्यापार राम्रो भइराछ । उनका अनुसार पहिले दैनिक १०–१२ हजार आम्दानी हुने गरेकोमा हिजोआज १५ देखि १८ हजारसम्म आम्दानी भइरहेको छ । ग्राहकहरुले सुन्तला, केरा, मेवा लगायतका फाफुल बढी किन्ने गरेको पनि उनले बताइन् ।
-हेर्नुहोस् भिडियो…




