फेसबुक म्यासेन्जरबाटै एनएमबि बैंकमा खाता खोल्न सकिने

काठमाडौँ । एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै अब घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता-मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा सुरु गरेको छ ।

वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागी अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले ल्याएको हो ।डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ, साथै घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न फेसबुक म्यासेन्जरकैे प्रयोगले खाता-मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो ।

“हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु¥याउने एक महत्वर्पू योजना रहेको बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप