कोरोना जितेर १० लाख मानिस घर फर्किए, नयाँ संक्रमण घट्यो

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३३ लाख नाघेको छ भने यसका कारण २ लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोही अवधिमसम्म कोरोना भाइरसका कारण विश्वमा २ लाख ३३ हजार ८ सय ३९ जनाले ज्यान गुमाइसकेका छन्।

संक्रमितमध्ये १० लाख ३९ हजार १ सय ४४ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। हालः विश्वका विभिन्न अस्पताल र घरमै बसेर कोरोना भाइरसको उपचार गराइरहने संक्रमितको संख्या २० लाख ३१ हजार ३ सय ९८ रहेको छ। उपचारतमध्ये ५० हजार ९ सय ४७ जनाको स्वास्थ्य गम्भीर रहेको छ भने १९ लाख ८० हजार ४ सय ५१ जनाको अवस्था सामान्य रहेको छ।

नेपालमा हालसम्म ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये १६ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्किसकेका छन् भने बाँकीको उपचार चलिरहेको छ। नेपालमा गत माघ ९ गते कोरोना भाइरसको पहिलो बिरामी देखिएका थिए।

विश्वमा कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय १ देश तक्षा क्षेत्रमा फैलिएको छ।

पछिल्लो चार महिनाको अवधिमा अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, टर्की, रुस, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पेरु, भारत र स्वीट्जरल्याण्ड कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ९५ हजार १९ जना पुगेको छ, जसमध्ये ६३ हजार ८ सय ५६ जनाको मृत्यु भइसकेको छ। स्पेनमा संक्रमितको संख्या २ लाख ३९ हजार ६ सय ३९ रहेको छ भने २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरस संक्रमित २ लाख ५ हजार ४ सय ६३ पुगेको छ। यीमध्ये २७ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ। बेलायतमा १ लाख ७१ हजार २ सय ५३ कोरोना भाइरस संक्रमित रहेकोमा २६ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ।

फ्रान्सम कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६७ हजार १ सय ७८ पुगेको छ, जसमध्ये २४ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा १ लाख ६३ हजार ९ जना संक्रमित रहेकोमा हालसम्म ६ हजार ६ सय २३ जनाको मृत्यु भएको छ। टर्कीमा १ लाख २० हजार २ सय ४ जना कोरोना भाइरस संक्रमित रहेका छन्। यीमध्ये ३ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ।

रुसमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ९८ पुगेको छ, जसमध्ये १ हजार ७३ जनाको मृत्यु भएको छ। इरानमा ९४ हजार ६ सय ४० जना संक्रमित संख्या पुगेको छ। यीमध्ये ६ हजार २८ जनाको मृत्यु भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस