
वैशाखको महिनामा खेतको गराको एउटा साईडमा काटिएको गँहुको निम मिलाएर राखिएको छ, अर्को साइडमा काट्न बाँकी गँहु लहराईरहेका छन्। तीन महिला र एक पुरुष एक धुनमा गँहु काटिरहेका छन्।
देश ३५ दिन भन्दा वढी समयदेखि वन्दाबन्दीले ठप्प भएको तथा घरबाट बाहिर समेत निस्किन नपाईने अबस्थाबाट बेखबर झै लाग्ने माथिको दृश्य काठमाण्डौ जिल्ला टोखा नगरपालिका -२ को हो।

कोरोना नियन्त्रण उच्चस्तरिय समितिको कृषि बालीसँग सम्बन्धित कार्यको निमित्त घर बाहिर निस्कन पाउने अर्थात कृषि कार्यलाई नियमित गर्ने निर्णय अनुसार किसानहरुलाई खेतबालीमा काम गर्नलाई रोकिएको छैन। अहिले पाकेको गँहुबाली भित्राउन कृषकहरु तल्लिन देखिएका छन्।



►Photo by :R.C
तपाईंको प्रतिकृया




