कोरोनाको कारण अमेरिकामा मृत्यु हुनेको सख्या ५५ हजार नाघ्यो

काठमाडौं । विश्वभरी   महामारीको रुपमा फैलिएको कोरोना  भाइरसको संङ्क्रमणबाट अमेरिकामा    हालसम्म ५५ हजार  ४ सय १३  जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा  फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४   घण्टामा   १ हजार १ सय ५७  जनाको मृत्यु भएको  छ  भने २६ हजार   ५ सय ९   जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या  समेत  ९ लाख ८७ हजार १ सय  ६० पुगेको छ । कोरोना  भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा  न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

न्युवर्कमा हालसम्म २ लाख ९३ हजार ९ सय ९१ जना संक्रमित भएका छन् भने२२ हजार २ सय ७५  जनाको मृत्यु भएको छ। त्यसैगरि   न्युजर्सी राज्यमा १ लाख ९ हजार ३८ जना संक्रमित छन् भने ५ हजार ९ सय ३८  जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री