नेपालमा दुईजना नर्समा कोरोना पोजेटिभ देखियो, थप परीक्षण हुँदै

काठमाडौं । केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

-र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताए । दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ र उनीहरुको नमुना पीसीआर परीक्षणका लागि पठाइएको छ ।

सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको हो । ‘दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री