कालीकोटमा कोरोना संम्भावितको प्रथम चरण जाँच सम्पन्न..

काठमाडौं ।कालिकोट  जिल्लामा कोरोना भाइरस  संम्भावित संक्रमितको पहिलो चरण जाँच  सकिएको छ ।

भारत लगायतका विभिन्न देशबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको  टोलिले पहिलो चरणको र्‍यापिड टेस्ट सम्पन्न  गरेको हो ।

टोलीले जिल्लाका ९ वटै स्थानीय तहमा जम्मा ३ सय १० जना विदेशबाट फर्किएका व्यक्तिको र्‍यापिड टेस्ट गरेको हो ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका र विदेशबाट फर्किएका नागरिकको र्‍यापिड टेस्ट गर्ने पहिलो चरण अभियान सम्पन्न भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप