कोरोना कहर :सार्क देशको अवस्था

काठमाडौं ।  कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सार्क देशको अवस्था :

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ८ सय ६६ जनाको मृत्यु भएको छ ।

सार्क देश मध्ये भारतमा सबैभन्दा धेरै ५ सय ५९ जनाको मृत्यु भएको छ । त्यस्तै, पाकिस्तानमा १ सय ७६, बंगलादेशमा ९१ अफगानस्थानमा ३३ र श्रीलंकामा भने ७ जनाको मृत्यु भएको छ ।

हालसम्म सार्क देशमा संक्रमितको संख्या २९ हजार ८ सय ६८ जना पुगेको छ । सबैभन्दा बढी भारतमा १७ हजार ६ सय १५ जना संक्रमित छन् । यस्तै, पाकिस्तानमा ८ हजार ४ सय १८, बंगलादेशमा २ हजार ४ सय ५६,  अफगानस्थानमा ९ सय ९६ श्रीलंकामा २ सय ९५, माल्दिभ्समा ५२, नेपालमा ३१ र भुटानमा ५ जना कोरोना भाइरस संक्रमित भएका  छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस