काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ७ सय ७५ पुगेको छ भने २४ लाख १९ हजार २ सय ६ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, ६ लाख ३३ हजार ४ सय ४ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।
अमेरिकामा हालसम्म ४० हजार ५ सय ६५ जनाको, इटालीमा २३ हजार ६ सय ६० जनाको, स्पेनमा २० हजार ८ सय ५२ जनाको र फ्रान्समा १९ हजार ७ सय १८ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १७ हजार ६ सय १५ कोरोना सङ्क्रमित छन् भने ५ सय ५९ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ भने कोरोना संक्रमितमध्ये चार जना उपचार पछि निको भएर घर फर्किएका छन् भने २७ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।




