भारतबाट फर्केका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ

काठमाडौं । धनुषा जनकनन्दनी गाउँपालिका-२ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको छ ।

उनी एक महिनासम्म भारत बसेर चैत्र २२ गते लकडाउनको समयमा लुकेर नेपाल आएका थिए । त्यसपछि उनलाई  क्वारेन्टाइनमा राखिएको थियो ।१४  दिनसम्म  क्वारेन्टाइनमा राखेपछि सोमबार उनको र्‍यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडीटी) बाट परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो ।

आरडीटी जाँच गर्दा पोजेटिभ देखिएपछि थप प्रयोगशाला (पिःसिःआर) परीक्षणका लागि प्रादेशिक अस्पताल   जनकपुरधाम पठाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री