कोरोनाको कारण अमेरिकामा मृत्यु हुनेको सख्या ३९ हजार नाग्यो

काठमाडौं । विश्वभरी   महामारीको रुपमा फैलिएको कोरोना  भाइरसको संङ्क्रमणबाट अमेरिकामा    हालसम्म ३९ हजार  १५ जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा  फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४   घण्टामा  १ हजार ८ सय ६७ जनाको मृत्यु भएको  छ  भने २९ हजार ५७ जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या  समेत ७ लाख  ३८  हजार ९  सय  २३ जना नागेको छ । कोरोना  भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा  न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

न्युवर्कमा हालसम्म २ लाख ४१ हजार ४१ जना संक्रमित भएका छन् भने १७  हजार ६ सय ७१ जनाको मृत्यु भएको छ।

न्युजर्सी राज्यमा ८१  हजार ४ सय २० संक्रमित छन् भने ४ हजार ७० जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री