काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख ६१ हजार १ सय ९६ पुगेको छ भने २३ लाख ४५ हजार ४ सय ७६ जना हाल सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, ६ लाख ४ हजार ६ सय ६ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।
अमेरिकामा हालसम्म ३९ हजार १५ जनाको, इटालीमा २३ हजार २ सय २७ जनाको, स्पेनमा २० हजार ६ सय ३९ जनाको र फ्रान्समा १९ हजार ३ सय २३ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १६ हजार ३ सय ६५ कोरोना सङ्क्रमित छन् भने ५ सय २१ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ भने कोरोना संक्रमितमध्ये तीनजना निको भएर घर फर्किएका छन् भने २८ जना अझै अस्पतालमा उपचाररत छन् ।




