काठमाडौं । फ्रान्समा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलँदै गएको छ । फ्रान्समा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख ५१ हजार ७ सय ९३ जना पुगेको छ ।
फ्रान्समा अहिलेसम्म कोरोना संक्रमणबाट १९ हजार ३ सय २३ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा फ्रान्समा कोरोना संक्रमितमध्ये ६ सय ४२ जनाले ज्यान गुमाएका छन् ।
साथै २४ घण्टामा ३ हजार ८ सय २४ जना नयाँ संक्रमित थपिएका छन् भने संक्रमितमध्ये अहिलेसम्म ३५ हजार ९ सय ८३ उपचारपछि निको भएका छन् ।
तपाईंको प्रतिकृया




