पिसिआर रिपोर्ट नेगेटिभ आएपछि काभ्रेलीमा राहत

काभ्रेपलाञ्चोक । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)का क्रममा कोरोना भाइरसको सङ्क्रमण देखिएका काभ्रेका दुई युवाको थप परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको धुलिखेल अस्पतालमा बुधबार पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको हो ।

दुवै युवा विदेशबाट घर फर्किएका हुन् । मङ्गलबार सङ्क्रमण देखिएपछि उनीहरुलाई थप परीक्षणका लागि सोही दिनदेखि धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनले भने “आज उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।”

बेथानचोक गाउँपालिका–५ का २८ वर्षका युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुबईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा २२ दिन बसेर घर फर्किएका हुन् । उनीहरुलाई स्थानीय तहमै गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा कारोना सङ्क्रमण देखिएको थियो । काभ्रेमा आइतबारदेखि विदेशबाट फर्किएकाहरुको आरडिटी थालिएको थियो ।

हालसम्म २६३ जनाको आरडिटी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको डा झाले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि विदेशबाट काभ्रेस्थित घर फर्किएर एकान्तबास (होम क्वारेन्टाइन)मा राखिएका सबैको आरडिटी गर्न थालिएको हो ।

कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । यसमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएकालाई सम्पर्कमा ल्याइएको हो ।

बागमती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले गतहप्ता आरडिटीका लागि काभ्रेपलाञ्चोकमा ३०० किट उपलब्ध गराएको थियो । काभ्रेमा ६ नपा र ७ गाउँपालिका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस