आरडीटी ‘पोजेटिभ’ देखिएका काभ्रेका दुई युवाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

काभ्रे । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ देखिएका काभ्रेका दुई युवा पीसीआर परीक्षण रिपोर्टमा भने नेगेटिभ (संक्रमण) नभएको देखिएको छ ।

धुलिखेल अस्पतालस्थित प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा ती दुई युवामा कोरोना भाइरस संक्रमण नभएको पाइएको काभ्रे जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

आरडिटी टेस्ट पोजिटिभ देखिएपछि रोग निश्चित गर्न दुवै युवाको स्वाब (नमुना) धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यस क्रममा उनीहरू कोरोना संक्रमित नभएको पुष्टि भएको हो । अहिले दुवै युवा धुलिखेल अस्पतालकै आइसोलेसनमा उपचार गराइरहेका छन् ।

काभ्रेको बेथानचोक-५ का २८ वर्षीय युवा गत चैत ९ गते भारतबाट स्वदेश आएका थिए । मण्डनदेउपुर नगरपालिक-३ का युवा गत चैत ७ गते दुबईबाट फर्किएका हुन्

यता दुई जनामा कोरोना संक्रमण देखिएको काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टबाट धुलिखेल पुगेका एक व्यक्तिमा पनि कोरोना संक्रमण नभएको पाइएको छ । एनको नमुना पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds