घटेन कोरोना संक्रमण र मृत्यु, एकैदिन ७ हजार ९५९ को मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६० पुगेको छ । २० लाख ८२ हजार ३७२ संक्रमित छन् । जसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि घर फर्किएका छन् । अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख ३७ हजार ७६६ को उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार १६० को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २१० देशमा फैलिएको छ । सबैभन्दा बढी संक्रमण र मानवीय क्षति अमेरिकामा पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार बिहान समाचार तयार पार्दासम्म २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २८ हजार ५१५ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार १४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४८ जार ६७९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ६६ हजार ८२९ जना उपचाररत छन् ।

बिहीबार बिहानसम्म इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । इटालीमा एकैदिन ५७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको हो । इटालीमा एकैदिन २ हजार ६६७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६५ हजार १५५ पुगेको छ । इटालीमा संक्रमितमध्ये ३८ हजार ९२ जना उपचारपछि निको भएका छन्

स्पेनमा एक लाख ७७ हजार ६४४ कुल संक्रमित भएका छन् भने १८ हजार ७०८ जनाको मृत्यु भएको छ । यसैबीच ७० हजार ८५३ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ४७ हजार ८६३ कुल संक्रमित भएका छन् भने १७ हजार १६७ जनाको मृत्यु भएको छ । यसैबीच ३० हजार ९५५ जना निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म ९८ हजार ४७६ कुल संक्रमित भएका छन् भने १२ हजार ८६८ जनाको मृत्यु भएको छ । इरानमा ७६ हजार ३८९ कुल संक्रमित भएका छन् भने ४ हजार ७७७ जनाको मृत्यु भएको छ । यसैबीच ४९ हजार ९३३ निको भएर फर्किएका छन् । बेल्जियममा ३३ हजार ५७३ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ४४० जनाको मृत्यु भएको छ । यसैबीच ७ हजार १०७ निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ३४ हजार ७५३ कुल संक्रमित भएका छन् भने ३ हजार ८०४ जनाको मृत्यु भएको छ । यसैबीच ७२ हजार ६ सय निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८२ हजार २९५ कुल संक्रमित भएका छन् भने ३ हजार ३४२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ८१६ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म २८ हजार १५३ जना संक्रमित भएका छन् भने ३ हजार १३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा २८ हजार ६१० जना संक्रमित भएका छन् भने एक हजार ७५७ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म १४ हजार २६ जना ठिक भएका छन् ।

टर्कीमा ६९ हजार ३९२ जना संक्रमित भएका छन् भने एक हजार ५१८ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ६७४ जना निको भएर फर्किएका छन् । स्विटजरल्याण्डमा कुल २६ हजार ३३६ संक्रमित भएका छन् भने एक हजार २३९ जनाको मृत्यु भएको छ । त्यस्तै १५ हजार ४०० जना निको भएर फर्किएका छन् ।

स्विडेनमा ११ हजार ९२७ जना संक्रमित भएका छन् भने एक हजार २०३ जनाको मृत्यु भएको छ । क्यानाडामा २८ हजार २०५ जना संक्रमित भएका छन् भने एक हजार ६ जनाको मृत्यु भएको छ । त्यस्तै ८ हजार ९३७ जना ठिक भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds