काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख २७ हजार ५ सय ९० पुगेको छ २० लाख १३ हजार ९ सय ९८ जना हाल सङ्क्रमित रहेका छन् ।
त्यसैगरि, ४ लाख ९१ हजार ७ सय ६५ जना निको भएका छन् ।
सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , इटली, स्पेन र फ्रान्स छ ।
अमेरिकामा हालसम्म २६ हजार ६४ जनाको, इटालीमा २१ हजार ६७ जनाको, स्पेनमा १८ हजार ५ सय ७९ जनाको र फ्रान्समा १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ११ हजार ५ सय ५५ कोरोना सङ्क्रमित छन् भने ३ सय ९६ जनाको मृत्यु भएको छ।
नेपाल हालसम्म १६ जना कोरोना सङ्क्रमित फेला परेकोमा १ जना उपचारपछि घर फर्किएका छन् भने १५ उपचारत छन् ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।




