कोरोना कोषमा हिमालय एयरलाइन्सको १ करोड सहयोग

काठमाडौं । हिमालय एयरलाइन्सले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरिएको जानकारी दिएको छ।

एयरलाइन्सका तर्फबाट उपाध्यक्ष बिजय श्रेष्ठले उक्त रकम बराबरको चेक आजै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री