देश कोरोनामुक्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश कोरोनामुक्त नभएसम्म तलब नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ सालको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले देशमा कोरोनाको संकट नसकिदांसम्म आफ्नो सम्पूर्ण पारिश्रमिक राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

ओलीले मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक कोभिड-१९ प्रधानमन्त्री राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताएका छन् ।

‘आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड-१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,’ प्रधानमन्त्री ओलीले घोषणा गर्दै भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री