आइएमई जनरल इन्स्योरेन्सको ३३औं शाखा काठमाडौंकोे टेकूमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाडौंकोे टेकूकाे अम्बे कम्प्लेक्समा विस्तार गरेको छ । साे शाखाको उद्घाटन अाज बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् । यस शाखा सहित कम्पनीले ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साे अवसरमा बीमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफ्नो उपस्थिती जनाउने कम्पनीले उल्लेख गरेकाे छ । कम्पनीले लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको  वताएकाे छ । यसै अवसरमा अध्यक्ष चापागाईले सबैले आआफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय विस्तार गर्न पनि आग्रह गरेका छन् ।

साे कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सम्पूर्ण बीमा सेवा प्रदान गर्ने जानकारी गराए भने कम्पनीले आ.ब. २०७४/०७५ को दोश्रो त्रैमास सम्ममा ४३ करोड बीमा शुल्क आर्जन र कूल लगानी ८५ करोड रुपैयाँ गरेको छ । सो अवधिमा कम्पनीले खुद नाफा ४ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस