एनआईसी एशियाको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ बन्द हुँदै

काठमाडौं । एनआईसी एशिया बैंकले हाल सञ्चालन गरिरहेको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ योजना बन्द हुने बैंक स्राेतले वताएकाे छ । बैंकले गत फागुन ११ गतेदेखि सञ्चालनमा ल्याएको उक्त दुई योजनाहरु आगामी चैत २ गतेदेखि बन्द गर्न लागेको हो । बैंकले नेपाल बैंकर्स संघसँग सहमति गरेपछि उक्त अधिकतम ब्याज दिने योजना बन्द गर्न लागेको उल्लेख गरेकाे छ । बैैंकले धनवर्षा मुद्दती खातामा वार्षिक १२ प्रतिशत ब्याज र समुन्नतिप्लस बचत खातामा १० प्रतिशत ब्याज दिँदै आएको थियो ।

मंगलबार बैंकले जारी गरेकाे विज्ञप्तिमा, ‘हाम्रो योजनाले आमजनतामा अत्यन्त लोकप्रियता हासिल गरेको थियो । तर विगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंकबीच ब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीले हामीले यो योजना शुक्रबारदेखि बन्द गर्दै छौं ।’ वताएकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस