तत्काल रसुवागढी नाका नखुल्ने

काठमाडौं ।  चीनले तत्कालका लागि रसुवागढी नाका नखोल्ने जानकारी  नेपाल सरकारलाई गराएको छ ।

तातोपानी नाका बुधबार साँझदेखि खुले पनि रसुवा नाका भने अझै केही समय नखुल्ने भएको हो ।

नेपाल सरकारले  चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो तर नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर रसुवा नाका खोल्न नसकिने लिखित जानकारी गराएको हो ।

दुई वटा नाका मध्ये हाललाई तातोपानी नाका खोल्न सकिने तर रसुवा नाका खोल्न नसकिने जानकारी चीनले गराएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री