आफ्नै बुबालाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने पक्राउ

काठमाडौं । आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाउने धनकुटा

जिल्लाका चौबिसे गाउँपालिका-७ पोस्तकेका   बिनोद लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले घरायसी विवादको कारण आफ्नै बुबालाई  भालाले  ढाडमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते भएका गोपाललाई स्थानीय स्वास्थ्य चौकी मौनाबुधुक हुँदै थप उपचारका लागि धरान घोपातर्फ रिफर गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री