नेविसंघका नेताहरुले गरे विद्यार्थी र मजदुरलाई खाद्यान्न सहयोग

बर्दिया । नेपाल विद्यार्थी संघका नेताहरुले समस्यामा परेको विद्यार्थी तथा मजदुरहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।

विद्यार्थी नेता तथा युवा व्यवसायी जनक धामी, युवा नेता मोहनराज जोशी, नेविसंघ शंकरदेव क्याम्पसका नेता एवंम् व्यवसायी प्रेम माझी, विद्यार्थी नेता पुरन रोकाया लगायतले सहयोग गरेका हुन् ।उनीहरुले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट आएर काठमाडौंमा मजदुरी गर्ने र कोठा भाडामा लिएर अध्ययन गर्ने विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको विद्यार्थी नेता प्रेम माझीले जानकारी दिए ।कोरोना भाइरसका कारण देश लकडाउन गरिएका बेला समस्यामा परेका उनीहरुलाई चामल, दाल लगायत दैनिक उपभोग्य वस्तु सहयोग गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री