मेगा बैंकले दियो ७ वटै प्रदेशलाई ५/५ लाख रुपैंया

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि ७ वटै प्रदेशलाई ५/५ लाख रुपैंया दिएको छ।

६ वटै प्रदेशमा रकम दिइसकेको मेगा बैंकले बुधबार प्रदेश नम्बर ५ लाई पनि सहयोग गरेको हो।

मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक दिएका हुन्।

मेगा बैंक संचालक समितिले गरेको निर्णयअनुसार कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५/५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो।

यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य