बेलायतमा कोरोनाका कारण अर्का पूर्वगोर्खा सैनिकको मृत्यु

काठमाडौं । बेलायतमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । पूर्वगोर्खा चेतप्रसाद गुरुङको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

लामो समयदेखि बेलायतमा बस्दै आएका उनी ५८ वर्षका थिए । तमुधिँ लण्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहेका चेतप्रसाद गुरुङको ९मंगलबार० साँझ लण्डन ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

तमुधिँ लण्डन ईकाईका पूर्वअध्यक्ष दीपक ९डेविड० गुरुङले चेतप्रसादको निधन भएको जानकारी दिएका छन् । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङले पनि चेतप्रसादको निधन भएकोमा दुःख व्यक्त गर्दै गरेका छन् ।

नेपालमा पर्वत स्थायी घर भएका समाजसेवी गुरुङ लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका थिए । उनी १४ दिनदेखि अस्पतालमा उपचाररत थिए ।

यसअघि कोरोना संक्रमणका कारण बेलायतमा पूर्वगोर्खा सैनिक लीलाबहादुर राई र प्रशान्त अर्यालको निधन भइसकेको छ । बेलायत यतिखेर कोरोनाको चपेटामा नराम्ररी फसेको छ। बेलायती प्रधानमन्त्री स्वयं अस्पताल भर्ना छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिवले शिष्टाचार भेट

अजरवैजान । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र …

प्रतिकृया दिनुहॊस