काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे संख्या ७५ हजार ८ सय ९६ छ भने १३ लाख ५८ हजार ९ सय १३ जना हाल सङ्क्रमित रहेका छन् ।
सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश इटली, स्पेन ,अमेरिका र फ्रान्स छ।
इटालीमा हालसम्म १६ हजार ५ सय २३ जनाको, स्पेनमा १३ हजार ७ सय ९८ जनाको ,अमेरिकामा
१० हजार ९ सय ४३ जनाको र फ्रान्समा ८ हजार ९ सय ११जनाको मृत्यु भएको छ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।
तपाईंको प्रतिकृया



