कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण  कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा मङ्गलबार निर्णय भएको हो ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप