राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि गएराती १२ बजेबाट मौन अवधी सुरु भएको हो । मौन अवधि सुरु भएपछि चुनाव नसकिएसम्म राजनीतिक दल, उम्मेदवार भएका व्यक्तिहरु, राजनीतिक दलका पदाधिकारीहरु, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले वताएकाे छ ।
आयोगका प्रवक्ता नवराज ढकाले दिएकाे जानकारी अनुसार चुनावलाई प्रभाव पार्ने गरी उम्मेदवारको पक्ष–विपक्षमा समाचार प्रकाशन–प्रशारण गर्न पाईने छैन भने एसएमएस, भाइबर, फेसबुक लगायतका समाजिक सञ्जालमा पनि प्रचार प्रसार गर्न र भोट माग्न नपाईने प्रवक्ता ढकालले वताए ।
यहि फागुन २९ गते हुने राष्ट्रपति चुनावका लागि वाम गठबन्धनकातर्फबाट राष्ट्रपति विद्या भण्डारी तथा नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन् । राष्ट्रपति चयनका लागि संघीय र प्रदेशसभाका सांसदहरुले मतदान गर्न पाउने छन् ।
प्रतिकृया दिनुहॊस