खुकुलो बन्यो लकडाउन : उद्योग सञ्चालन गर्न दिइने, किसानलाई बाली लगाउन नरोकिने

काठमाडौं । केही दिनअघि मात्र लकडाउनको अवधि थप गरेको सरकारले अब लकडाउनलाई केही खुकुलो बनाउने भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई खकुलो बनाउँदै खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

अति आवश्यक वस्तुको उत्पादन गर्ने स्वदेशी उद्योगहरू चल्न दिने निर्णय पनि गरेको छ । तर उद्योगहरूले कामदारहरूलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर उद्योगभित्रै राख्ने व्यवस्था गर्नुपर्ने छ । यसका लागि स्थानीय सरकारले सहजीकण गर्ने छ ।

त्यस्तै किसानलाई बालिनाली लगाउन नरोकिने भएको छ । अहिले बाली काट्ने र रोप्ने बेला भएकाले किसानलाई अवरोध नगर्ने निर्णय बैठकले गरेको हो । किसानले स्थानीय श्रमिक वा परिवारको सदस्य प्रयोग गरेर निर्वाध रुपमा कृषि कार्य गर्न पाउनेछन् । तर बैठकले किसानलाई कृषि कार्यको लागि बाहिरी श्रमिक नल्याउन आग्रह गरेको छ ।

तामाकोसी, मेलम्ची लगायत ठूला आयोजनाले पनि बाहिरी आवागमन रोकेर आफूसँगै भएका कामदारमार्फत काम सूचारू गर्नसक्ने निर्णय बैठकले गरेको छ । सरकारले ती ठूला आयोजनासँग अहिले ठूलो संख्यामा कामदार रहेको भन्दै बाहिरी आवगमनलाई रोकेर काम गर्न सक्ने बताएको हो ।

यस्तै, बैठकले नेपाल भारत सीमास्थित क्वारेन्टाईनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरि दुवै तर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राखेर मात्रै सीमा पार गर्न दिने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ  ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिकृया दिनुहॊस