कोरोना कोषमा प्रभु बैंकले दियो १ करोड १ लाख

काठमाडौं । नेपाल सरकारबाट स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बिहीबार प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई उक्त रकमको चेक दिएका हुन् ।

सो अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको पनि उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री