फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीका परिवारको नतिजा नेगेटिभ

काठमाडौं । फ्रान्सबाट नेपाल आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

टेकु अस्पतालले जनाएअनुसार कोरोना परीक्षणपछि परिवारका सदस्यहरूको नतिजा नेगेटिभ आएको हो । संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनको  स्वास्थ्य अवस्था भने सामान्य छ । दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र उनलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना संक्रमण देखिएको थियो । युवतीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै उनका परिवारका सबै सदस्यलाई क्‍वारेन्टाइनमा राखिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस