कोरोना प्रकोप : इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट एकै दिन ३ हजार १ सय ७७ जनाको मृत्यु भएको छ ।

शुक्रबारमात्रै विश्वभरि थप ६२ हजार ५ सय १२ जनाको कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ भने अमेरिकामा सबैभन्दा बढी नयाँ बिरामी थपिएका छन् ।

अमेरिकामा १७ हजार २९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । त्यहाँ संक्रमितको संखया १ लाख नाघेको छ । शनिबार बिहान साढे ६ बजेसम्म अमेरिकामा कुल १ लाख १ हजार ६ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ ।

इटालीमा २४ घण्टामा ९ सय १९ जनाको मृत्यु भएको छ भने नयाँ ५ लाख ९ सय ९ जनामा कोरोना भाइरस देखिएको थियो । स्पेनमा शुक्रबार कोरोना भाइरस संक्रमणका कारण ७ सय ७३ जनाको मृत्यु भएको थियो । स्पेनमा शुक्रबार ५ हजार १ सय ३८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।

जर्मनीमा सोही दिन ६ हजार ९ सय ३३ कोरोनाका नयाँ बिरामी थपिएका छन् भने ८४ जनाको मृत्यु भएको छ । फ्रान्समा शुक्रबार कोरोनबाट २ सय ९९ जनाको मृत्यु भएको थियो । सोही दिन फ्रान्समा ३ हजार ८ सय ९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । इरानमा २ हजार ३ सय ७८ जना नयाँ बिरामी थपिएका छन् भने शुक्रबार त्यहाँ १ सय ४४ जनाको मृत्यु भएको छ ।

बेलायतमा शुक्रबार कोरोना संक्रमणका कारण १ सय ८१ जनाले ज्यान गुमाएका छन्। शुक्रबार बेलायतमा २ हजार ८ सय ८५ कोरोनाका नयाँ संक्रमित थपिएका थिए। स्वीट्जरल्याण्डमा पनि शुक्रबार १ हजार १ सय १७ जना नयाँ बिरामी थपिएका छन्। त्यहाँ शुक्रबार ३९ जनाको मृत्यु भएको छ।

शुक्रबार नेदरल्याण्ड्समा १ हजार १ सय ७२ जनामा कोरोना देखिएको थियो भने १ सय १२ जनाको मृत्यु भएको थियो। अष्ट्रियामा ७ सय ८८ नयाँ बिरामी थपिएका थिए भने ९ जनाको मृत्यु भएको थियो। बेल्जियममा शुक्रबार १ हजार ४९ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए भने ६९ जनाको मृत्यु भएको थियो। टर्कीमा २ हजार ६९ जना नयाँ बिरामी थपिएका थिए भने १७ जनाको मृत्यु भएको थियो।

कोरोना भाइरस संक्रमणका कारण शुक्रबार क्यानडामा १६, पोर्चुगलमा १६, ब्राजिलमा १५, स्वीडेनमा २८, डेनमार्कमा ११, मोरक्कोमा १२ जनाको मृत्यु भएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस