कोभिड १९ मानवजातिका लागि खतरा : संयुक्त राष्ट्र सङ्घ

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानवजातिका लागि खतरा भएको चेतावनी दिएका छन् । अहिले जुन रुपमा भाइरस फैलिएको छ, यसले मानवको अस्तित्व के हुन्छ भन्ने नै अन्योल भएको भन्दै महासचिव गुटेरसले कोरोनाविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्नेमा जोड दिए ।

यो महामारीलाई विकसित देशहरुले नियन्त्रण गर्न सक्ने भए पनि विकासोन्मुख देशहरूमा डढेलो झैँ फैलन गइ दशौँ लाख मानिसको मृत्यु हुन सक्ने गुटेरसले चेतावनी दिएको बीबीसीले खबर लेखेको छ । तीव्र गतिमा फैलिने शक्ति भएको कोरोनाविरुद्ध देशहरुको एक्ला एक्लै लडाइँ पर्याप्त नहुने भन्दै गुटेरसले सबै देशहरुले संयुक्त लडाइँ सुरु गर्नुपर्नमा जोड पनि दिए ।

एक्लै लड्दा भाइरसले स्वरूप बदल्ने अवसर पाउने र यदि स्वरुप बदलियो भने बनाइँदै गरेका खोप पनि काम नलाग्ने गरी फेरि सबैलाई आक्रमण गर्ने भन्दै उनले संयुक्त लडाइँबाट कोरोना भाइरसलाई जित्नुपर्ने बताए। संयुक्त राष्ट्र सङ्घले आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न दुई अर्ब डलर कोषको घोषणा पनि गरेको छ ।

कोरोनाविरुद्धका लडाइँमा विश्वका शक्तिशाली देशहरुको फरक मत सार्वजनिक हुन थालेपछि गुटेरसले संयुक्त लडाइँको लागि अपिल गरेका हुन् । महासचिव गुटेरसले यसअघि कोरोना भाइरसको समस्या चुनौतीपूर्ण रहेको भन्दै विश्वभरि चलिरहेका सशसस्त्र युद्ध तत्काल रोक्न आह्वान गरे।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस