डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १६८(४) अनुसार दुई वा दुईभन्दा बढी दलहरुको सहमतिमा नियुक्त भएका मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार भट्टले विश्वासकाे मत लिन लागेका हुन् ।
प्रदेशसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सुविधाजनक बहुमत भएकाले भट्टले तोकिएको समयसीमा अगावै विश्वासको मत लिन लागेका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार, बैठक अहिले दिउँसो २ बजे बस्नेछ । माओवादी पोलिटब्यूरो सदस्यसमेत रहेका भट्ट गत फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा एमालेका २५ र माओवादीका १४ गरी ३९ सांसद छन् ।
अनलाइनखबरबाट
तपाईंको प्रतिकृया




