कोरोना भाइरस : मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो, इटलीमा सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या उच्च

काठमाण्डौ । कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ४१ जनाको मृत्यु भएको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै दुई लाख ४५ हजार ३३ जना सङ्क्रमित भएकोमा ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ । कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा भन्दा इटलीमा मृत्य हुनेको सङ्ख्या धेरै पुगेको छ । चीनमा तीन हजार दुई सय ४५ जनाको मृत्य भएको छ भने इटलीमा तीन हजार चार सय पाँच जनाको मृत्यु भएको छ ।

इटलीमा पछिल्लो २४ घण्टामा चार सय २७ जनाको मृत्य भएको छ भने पाँच हजार तीन सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ४१ हजार ३५ जना सङ्क्रमित भएको इटलीमा चार हजार चार सय ४० जना उपचारपछि निको भएका छन् । इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत लगायतका देशमा नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या उच्च रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after