एनआईसी बैंकद्वारा खातावालालाई १५ लाख रूपैयाँ बिमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बिमाअन्तर्गत १५ लाख प्रदान गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ४ का दिन उक्त रकम बराबरको चेक अग्रवाललाई हस्तान्तरण गरे । महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् ।

आफ्नो ओपन हर्ट सर्जरी भएपश्चात सो खाताभित्र घातक रोगहरूको बिमा सुविधाअन्तर्गत खातावालाले बिमा रकम दावी गरेका थिए । यसैगरी बैंकको बिमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य