सुनको मूल्य ताेलामा ५०० ले बढ्यो

काठमाडौं । केही दिन यता लगातार घटिरहेको सुनको मल्यमा वृद्धि भएको छ । साताको दोस्रो दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । आइतबार ७७ हजारमा कारोबार भएको छापावाला सुन सोमबार ५०० रुपैयाँले बढेर ७७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि आइतबार ७६ हजार ७०० मा कारोबार भएकोमा आज प्रतितोला ५०० रुपैयाँले नै बढेर ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ । आइतबार ७९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य