कोरोना त्रास : युरोकप फुटबल सार्न आग्रह

एजेन्सी । इटालीयन फुटबल संघले आसन्न युरोकप फुटबल प्रतियोगिता पर सार्न आग्रह गरेको छ । इटालीयन एफ.ए.ले युरोपियन फुटबलको सर्वोच्च निकाय युएफालाई पत्राचार गर्दै युरोकप फुटबल पर धकेलेर सो समयमा घरेलु लिगका खेलहरु सकाउन आग्रह गरेको हो ।

युरोकप फुटबल यसै वर्ष जुन १२ देखि जुलाई १२ सम्म युरोपका विभिन्न देशहरुमा आयोजना गर्ने तय भएको थियो । तर कोरोनाभाईरसको संक्रमणले युरोपियन देशहरु थलिएपछि सबै खेलकुद प्रतियोगिताहरु स्थगित गरिएका छन् ।

युरोकपबारे छलफल गर्न युएफाले भोलि भिडियो कन्फरेन्समार्फत बैठक गर्दैछ । सोही बैठकबाट प्रतियोगिता सारिएको निर्णय गराउन इटालीले आग्रह गरेको हो । विश्वभरका ठूला तथा साना खेलकुद प्रतियोगिताहरु स्थगित भईरहँदा जापानमा हुने टोकियो ओलम्पिकबारे भने अन्तिम निर्णय हुन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य