चालु आर्थिक बर्ष : सबैभन्दा बढी रेमिट्यान्स कतारबाट, सबैभन्दा कम अष्ट्रेलियाबाट

काठमाडौं । चालु आर्थिक बर्षमा सबैभन्दा बढी विप्रेषण(रेमिट्यान्स) कतारबाट भित्रिएको छ । खाडी मुलुक कतारमा कार्यरत नेपाली कामदारले चालु आवको पहिलो चार महिनामा अन्य मुलुकको तुलनमा बढी रकम पठाएका हुन ।

नेपाल राष्ट्र बैंकले चालु आवको कात्तिक महिनासम्म नेपाली कामदार कार्यरत १३ मुलुकले पठाएको रेमिट्यान्सको तथ्यांक सार्वजनिक गरेको छ । उक्त अवधिमा सबैभन्दा बढी विप्रेषण कताबाट ५३ अर्ब ९३ करोड रुपैंयाँ भित्रिएको छ ।

सबैभन्दा कम अष्ट्रेलियाबाट एक अर्ब ३४ करोड रुपैंयाँ आएको छ । तथ्यांकअनुसार चालु आवको चार महिनामा विश्वभरबाट करिब तीनसय चार अर्ब ९७ करोड रुपैंयाँ भित्रिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस