प्रधानमन्त्री १२ औँ दिनमा अस्पतालबाट फर्किए बालुवाटार

काठमाडौँ । दोस्रा पल्ट सफल मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साझा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुँदा उनले कुनै प्रतिक्रिया भने दिएनन् ।

अस्पतालबाट प्रधानमन्त्रीलाई ह्विलचेयरमा बाहिर निकालिएको थियो । बाहिर आएपछि भने प्रधानमन्त्री ओलीले अस्पतालमा पुगेका समर्थकलाई उभिएर हात हल्लाउँदै गाडीमा चढे । प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि १९ फागुनमा अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको २१ गते प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री डिस्चार्जको समयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायत नेकपाका नेता तथा कार्यकर्ताहरू अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने झापाकी समीक्षा संग्रैलाले मिर्गौला दिएकी हुन् । समीक्षा भने बुधवार नै डिस्चार्ज भइसकेकी छन् । उनी प्रधानमन्त्री ओलीसँगै अघिल्लो साताको सोमवार अस्पताल भर्ना भएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after