मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर समायोजन भएको छ । १८.५२% बोनस सेयरपछिको मूल्य नेप्सेले समायोजन गरेको हो । समायोजनपछिको भाउ ३९१ रुपैयाँ ४८ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर मंगलबार बैंकको सेयरकारोबार खुल्नेछ । यता, मितेरी डेभलपमेन्ट बैंकले चैत ८ गते वार्षिक सधारण सभा डाकेको छ ।
साधारण सभा गोर्खा किचन, धरानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट १८.५२% बोनस सेयर र कर प्रयोजनका लागि ०.९७% नगद लाभांश वितरण गर्ने विशोष प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्तिका एजेन्डा पनि रहेका छन् ।
यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले फागुन २७ गतेदेखि चैत ८ गतेसम्म बुक क्लोज गरेको छ । फागुन २७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री